नेप्से २० अङ्कले घट्यो, दुई अर्बको कारोबार

काठमाण्डौ, २ चैत । नेप्से आज बुधवार पनि घटेको छ । नेप्से आज १९ दशमलव ६५ अङ्कले घटेर दुई हजार ६ सय ३१ दशमलव ३२ विन्दुमा पुगेको छ ।

आज होटल, निर्जीवन बीमा र म्युचुल फन्ड बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । विकास बैंक, अन्य, उत्पादन र जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय ३१ कम्पनीका ४९ लाख ६७ हजार कित्ता शेयर दुई अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १५ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भयो । आज युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशत र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति