हामीले आर्थिक विकासलाई राष्ट्रिय एजेन्डा बनायौं, यो सरकारले फुर्तिफार्ति मात्रै गर्‍यो : अध्यक्ष ओली

काठमाडौं, ३० फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा रहँदा आर्थिक विकासलाई राष्ट्रिय एजेन्डा बनाएको र मथिङ्गल हल्लिने गरी विकास गरेको दावी गरेका छन् ।

आइतबार उद्योगी व्यवसायीहरुसँगको छलफलमा ओलीले यस्तो बताएका हुन् ।‘राजनीतिक पार्टीहरुमा हाम्रो पार्टी पहिलो हो जसले सरकारमा गएपछि आर्थिक एजेन्डालाई प्रमुख बनायो,’ ओलीले भने, ‘यी खास विषयमा चर्चा हुँदैन्थ्यो, यसलाई हामीले राष्ट्रिय विषय बनायौं । मानिसको मथिङ्गल हल्लिने कुरा पनि भए ।’ओलीले कोभिड सुरु हुनुअघि आफ्नो सरकारले देशलाई तीव्र विकास गरिरहेको देशको उच्च सूचीमा पु¥याएको दावी समेत गरे । ‘कोभिड प्रारम्भ हुनुभन्दा अघि हामी तीव्र विकास भइरहेको देशमध्ये पथ्र्यै,’ ओलीले भने, ‘विश्व बैंकले हामीलाई दक्षिण एशियाको राइजिङ स्टार भनेको थियो ।’ओलीले हालको सरकारले बजेट संशोधन गरेर अनावश्यक फुर्तिफार्ति देखाएको समेत टिप्पणी गरे ।

‘गठबन्धन सरकारले बजेट संशोधन गरेर अनाश्यक फुर्तिफार्ति देखाएको थियो,’ उनले भने, ‘अहिले ८ महिनामा २० प्रतिशत पुँजीगत खर्च भयो । अब बाँकी समयमा ८० प्रतिशत खर्च गनुपर्ने छ ।’ओलीले अहिलेको सरकारले अनुशासनहीन तरिकाले पैसा बाँडेको आरोप समेत लगाए । ‘लडाकूलाई पैसा बाँड्नु आर्थिक अनुशासनहिनता हो,’ उनले भने, ‘यो कुनै समाजिक सुरक्षाभित्र पर्ने चिज होइन । यो योगदानको कुनै सम्मान पनि होइन । निकम्मा नागरिक उत्पादन गर्ने, सहजै पैसा प्राप्त गर्ने बाटोतिर सरकार गयो ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति