सय भन्दा धेरैले बढ्याे नेप्से, कारोबार रकम झन्डै ५ अर्ब पुग्यो

काठमाण्डौ, २९ फागुन । सप्ताहको पहिलो दिन नेप्से एक सय अङ्कभन्दा धेरैले बढेको छ । नेप्से आज एक सय एक दशमलव शून्य सात अङ्कले बढेर दुई हजार ६ सय ६७ दशमलव ९७ विन्दुमा पुगेको छ ।

आज सबैजसो समूहको शेयर बढेकोमा विकास बैंक, जलविद्युत्, होटल, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । पछिल्ला केही दिन दैनिक दुईदेखि तीन अर्ब रुपैयाँको मात्रै कारोबार हुने गरेकोमा आज दुई सय २८ वटा कम्पनीका ९० लाख २२ हजार कित्ता शेयर चार अर्ब ८७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३४ करोड ३६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । एसियन, ज्योति र सानीमा लाइफ इन्सोरेन्स कम्पनी तथा इमर्जिङ नेपाल लिमिटेड र कर्पोरेट विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति