जसपाको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका प्रस्तुत

काठमाडौं, २९ फागुन । जसपाको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका प्रस्तुत गरिएको छ । पार्टीका कार्यकारिणी समिति सदस्य नवराज सुवेदीले निर्देशिका प्रस्तुत गरेका हुन् ।

निर्देशिकामा पार्टीको तर्फबाट स्थानीय तहको उम्मेदवार बन्नका लागि पार्टीको सिद्धान्त प्रति प्रतिवद्ध भएको हुनपर्ने, पार्टीमा संगठित र सक्रिय भएको हुनुपर्ने, समाजिक काममा सक्रिय भएको हुनुपर्ने, स्वच्छ छविको हुनुपर्ने, भुगोल बुझेको हुनुपर्ने लगायतका योग्यता प्रस्ताव गरिएको छ । उम्मेदवारको चयन स्थानीय तहबाट नै चयन गर्ने, पालिका तहबाट ३ जनाको नाममा छलफल गरी त्यसमध्ये एकजना उम्मेदवार चयन निर्देशिकामा उल्लेख गरिएको छ । पालिका तहमा सहमति नभए माथिल्लो निकायमा पठाइने निर्देशिकामा उल्लेख गरिएको छ । निर्देशिका केन्द्रीय कमिटीले पास गरेपछि कार्यान्वयनमा जानेछ । यस्तै बैठकमा पार्टीका नेता रकम चेमजोङले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् । जसमा आगामी चुनावसम्म अहिलेको सत्ता गठबन्धन कायम रहने प्रस्ताव गरिएको छ । यस्तै स्थानीय तहको चुनाव मिति घोषणाको स्वागत गरिएको छ । यस्तै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै त्यसलाई कार्यान्वन गर्न माग पनि सो प्रस्तावमार्फत गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति