काठमाण्डौ, २९ फागुन । प्रतिनिधि सभाको आज बसेकाे बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरेको छ ।
गएको भदौदेखि नै संसदमा नाराबाजी गर्दै अवरोध गर्दै आएको एमालेले आज पनि बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदले नाराबाजी गरेका छन् । नाराबाजीकै बीचमा एमालेकै सांसद भीम रावलले भने बोल्ने समय मागेर अमेरिकी सहायता एमसीसी सम्झौता पास भएकोमा विरोध गरे । यस्तै दार्चुलामा भारतले महाकालीको धार नै परिवर्तन गरेको र अन्तर्राष्ट्रिय सन्धि, सम्झौता विपरीत थिचोमिचो गरेको भन्दै नेता रावलले आपत्ति जनाए । भारतको हस्तक्षेपविरुद्ध सरकारले कुनै प्रतिक्रिया र विरोध नगरेको भन्दै उनले सरकारको चर्को आलोचना गरे ।
प्रतिक्रिया