सुनको भाउमा सामान्य वृद्धि

काठमाण्डौ, २९ फागुन । सुन चाँदीको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ १० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको मूल्य तोलामा १ लाख दुई हजार आठ सय रुपैयाँ तोकिएको छ । यसअघि अस्ति तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको थियो । यस्तै, आज चाँदीको भाउ आज तोलामा १४ सय २५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति