ओलीको कटाक्ष : सर्वोच्च अदालतमा गोरु ब्यायो, पाँचवटा बाछा पायो

काठमाडौं, २७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको परमादेशी सरकारले जनादेशको मजाक उडाएको बताएका छन्।प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनलाई पोखरामा शुक्रबार सम्बोधन गर्दै उनले सर्वोच्च अदालतका न्यायाधीशहरुको सेटिङमा आफ्नो सरकार ढालिएको पनि बताएका छन्।

परमादेश सरकारले जनादेशको मजाक उडायो। ओलीको सरकार ढाल्नुपर्छ भनेर गरेको सेटिङ न्यायाधीशले अमेरिकाबाट लेखेको इमेलले पुष्टि गरेको छु, उनले भने, ुसंविधान बाहिर गएर पनि ओलीको सरकार ढालिएको छ भन्दैछन्। जननिर्वाचित प्रगतिशील सरकारलाई ढालेका छन् न्यायाधीशहरूले। उनले जनादेशी सरकार ढाल्न सर्वोच्च अदालतमा गोरु ब्याएको पनि बताए। ुसर्वोच्च अदालतमा गोरु ब्यायो, पाँचवटा बाछा पायोु, पाँच दलीय गठबन्धनतिर लक्षित गर्दै उनले भने, गठबन्धन भन्नेहरु देशमा अस्थिरता ल्याउन लागेका छन्।

अहिले राष्ट्रिय राजनीति दुईतिर बाँडिएको बताउँदै आफूहरुले राष्ट्रिय स्वाधीनताको पक्षमा रहेको पनि बताए। ओलीले गुमेको जमिन फिर्ता ल्याउने बताउँदै अबको निर्वाचनबाट गठबन्धनलाई पछार्ने पनि उल्लेख गरे।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति