दाङ, २७ फागुन । तुलसीपुर ११ उरहरी बस्ने बिजुली चौधरीले घर बनाउन थालेको झन्डै तीन महिना बित्न लाग्यो । तर उनको घर बनि नसक्दै दुई पटक भत्काउनु पर्ने अवस्था आएको छ । उनले गत मंसिर दोस्रो सातादेखि चार कोठाको पक्की घर बनाउन सुरु गरे । उनले झन्डै एक महिना पछि अर्थात गत पुस २५ गते घर ढलान गरे । तर ढलान गरेको चार÷पाँच दिनसम्म पनि सगरमाथा सिमेन्ट सेट नभएपछि उनले सिमेन्ट खरिद गरी ल्याएको नजिकैको हार्डवयर पसलमा जानकारी गराए । त्यसपछि मात्रै आफुलाई सगरमाथा सिमेन्टमा समस्या रहेको भन्ने कुरा थाहा भएको उनले बताए । यो कुरा सिमेन्ट उद्योगलाई जानकारी गराएपछि सिमेन्ट उद्योगका प्रतिनिधि आएर चेकजाँच गरी केमिकल कम परेको हुँदा यस्तो समस्या भएको र घर फेरी बनाउन आग्रह गरेको पिडित चौधरीले बताए ।
प्रतिनिधिले सम्पुर्ण खर्च व्यहोर्ने र घर ढलान गर्न भनेपछि घर भत्काएर पुनःनिर्माण गरिएको उनले बताए । फेरी दोस्रो पटक फागुन ३ गते घर ढलान गर्दा पनि उस्तै समस्या आएको हो । दोस्रो पटक ढलान गरेको तिन दिनसम्म सगरमाथा सिमेन्ट सेट नभएको उनले संचारकर्मीसंग बताए बताए । घर निर्माण सुरु गरे देखि नै मैले सगरमाथा सिमेन्ट प्रयोग गरेको थिए, उनले भने पहिलो पटक ढलान गर्दा एक्कासी यस्तो समस्या आयो । सगरमाथा सिमेन्टको कारण पहिलो पटक घर भत्काउनु परेको बताउदै उनले त्यतिबेला आफुले क्षतिपुर्ति माग गरी अर्को कम्पनीको सिमेन्ट प्रयोग गर्ने सोच बनाए पनि सगरमाथा सिमेन्ट उद्योगका प्रतिनिधिले सोही सिमेन्ट प्रयोग गर्न लगाएको गुनासो गरेका छन् । अब त्यसो हुँदैन यहि सिमेन्ट प्रयोग गर्नुहोस, फेरी यस्तै समस्या आयो भने हामी खर्च व्यहोछौ,े उनले भने त्यसपछि फेरी उही सिमेन्ट प्रयोग गर्दा पनि उही समस्या आयो । दोस्रो पटक पनि सेट नभएको कुरा जनाकारी गराएपछि फेरी कम्पनीका प्रतिनिधि आएर घर भत्काउनुहोस खर्च हामी दिन्छौ भनेको उनले बताएका छन् । खर्च र क्षतिपुर्ति पाइए पनि आफुले घर निर्माण गर्ने समयमा पटकपटक घर भत्काउनु पर्दा धेरै समस्या भएको उनले बताएका छन् ।
सिमेन्ट सेट नहुँदा दोस्रो पटक पनि घर भत्काउदा घर काम नलाग्ने हुने भन्दै उचित क्षतिपुर्तिको माग गरेका छन् । सामान्यतया घर ढलान गरेको २४ घण्टा भित्र सिमेन्ट सेट भईसक्नु पर्ने हो । तर तीन दिनसम्म पनि सिमेन्ट सेट नभएको पीडितले बताए । सगरमाथी सिमेन्टमा पटक–पटक ढलान गर्दा सेट नहुने समस्या देखा परेको छ । यता स्थानीय हाडर्वयर पसल सञ्चालकले भने पछिल्नो समय छ ठाउँमा सगरमाथा सिमेन्ट सेट नभएको भन्दै जानकारी आएको बताए । उनले आफनो नाम नबताउने शर्तमा पसलबाट सगरमाथा सिमेन्ट लिएर प्रयोग गरेका मध्य पीडित चौधरीको घर सहित दुई वटा घरको ढलानमा समस्या आएको बताए । यस्तैगरी केहीले घरको पर्खाल लगाउदा पनि सिमेन्ट सेट नभएको गुनासो गरेको उनले बताए । आफनो पसलबाट सिमेन्ट लिएर समस्या आएको बारे सिमेन्ट उद्योगका प्रतिनिधिलाई जानकारी गराएको र पिडितका अनुसार यसबारेमा क्षतिपुर्तिको माग गरिएको उनले बताए । घोराही सिमेन्ट उद्योगले उत्पादन गरेको सगरमाथा सिमेन्टका प्रतिनिधि अमर सुवेदीलाई टेलिफोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा उनको मोवाईल नम्वर ९८०१००२६४० मा सम्पर्क हुन सकेन ।
प्रतिक्रिया