काठमाडौं, २७ फागुन । पासपोर्ट बनाउन बाँकेबाट काठमाडौं आएका अर्जुन रोकायको पाँच दिन तर उनको पासपोर्ट अझै बनेको छैन। पाँच दिनदेखि उनी त्रिपुरेश्वरस्थित राहदानी विभाग धाएको धाएकै छन्। बिहानै ४ बजे नै विभाग आइपुग्दा पनि उनले पासपोर्टको काम सकेका छैनन्। कहिले लाइन लाग्दा प्रहरीको लाठी चार्ज भएर कार्यालय बन्द भयो, कहिले त्रिपुरेश्वर आइपुग्दा पनि भित्र छिर्न पाइएन, विभागमा भेटिएका अर्जुनले संचारकर्मी संग भने पैसा बुझाउने काम भयो।
फोटो खिचाउने काम अझै बाँकी छ। भोलि फेरि त्यसका लागि लाइन लाग्नुपर्नेछ।अर्जुन जस्तै दाङका चुडामणिले विकले २ दिनपछि बल्ल पासपोर्ट बनाउने पालो पाए।
पावर हुनेहरू अगाडि गइहाल्छन्, नहुनेहरू लाइनमा बस्छन, दिउँसो २ बजे विभागमा भेटिएका चुडामणिले भने,बिहानैदेखि खाना खान पाइएन। अब खानुपर्ला।राहदानी विभागका प्रवक्ता शरदराज आरन भने कर्मचारी अभावले समस्या भएको बताउँछन्।गृह मन्त्रालयलाई कर्मचारी माग गर्दै पत्र पठाइएको भए पनि जवाफ नआएको उनले बताए।ुअहिले ७७ जिल्लामध्ये ५५ वटा जिल्ला प्रशासन कार्यालयबाट पनि प्रक्रिया गर्न मिल्छ आरनले भने, इमर्जेन्सी हुने मात्र आइदिने हो भने हामी व्यवस्थापन गर्न सक्ने थियौं।विभागको जनशक्तिले दैनिक १ हजार जनालाई पासपोर्टको प्रक्रिया अगाडि बढाइदिन सक्ने भए पनि अहिले दैनिक ५ हजार सेवा लिन आइरहेको उनले बताए। अनलाइनबाट आवेदन दिनेको संख्या १ लाख पुगेको छ विभागले दैनिक ९ हजार पासपोर्ट मात्र छाप्न सक्छ। अहिले विभागले दैनिक २ करोड राजश्व उठाउने गरेको उनले बताए। यति धेरै राजश्व उठाउने कार्यालयमा थप कर्मचारी र कार्यालय समयभन्दा बढी काम गर्ने कर्मचारीलाई थप सुविधा दिनुपर्छु, आरनले भने, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म सेवा दिइरहेका छौं।
प्रतिक्रिया