नेप्से ५२ अङ्क बढीले बढ्यो, २ अर्ब ७९ करोडको कारोबार

काठमाण्डौ, २६ फागुन । केही दिनयता लगातार ओरालो लागिरहेको शेयर बजार आज बिहीवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव २१ अङ्कले बढेर दुई हजार पाँच सय ६६ दशमलव ७९ विन्दुमा पुगेको छ ।

आज अन्यबाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज दुई सय २६ वटा कम्पनीका ५६ लाख १० हजार कित्ता शेयर दुई अर्ब ७९ करोड १८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज इमर्जिङ नेपाल हाइड्रोको शेयर १० प्रतिशतले तथा कर्णाली विकास बैंक, नेपाल हाइड्रो र प्रोग्रेसिभ फाइनान्सको शेयर साढे आठ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्र बजार बढे पनि माउन्टेन इनर्जी नेपालको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति