संखुवासभा बस दुर्घटना अपडेट : मा १४ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं, २६ फागुन । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताए । ‘१४ जनाको लाश भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भने, ‘मृतकको सनाखत भएको छैन ।

’दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं। ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।मादी नगरपालिकाका मेयर विदुर कुमार लिंथेपले पनि १४ जनाको मृत्यु भएको र ५ जना घाइते भएको बताए । ‘१४ जनाको मृत्यु भएको छ । एकजना बच्चा हराइरहेको भनेर आफन्तले भनिरहेकाले खोजी भइरहेको छ,’ उनले भने । उनका अनुसार घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ । गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकप्टरको व्यवस्था गर्ने तयारी भइरहेको पनि उनले बताए ।बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति