स्थानीय निर्वाचन यस्तो छ कांग्रेसको अभियान (पूर्णपाठसहित)

काठमाडौँ, २६ फागुन । सत्तारुढ नेपाली कांग्रेसले फागुन २९ देखि सुरु हुने स्थानीय तह निर्वाचन अभियानबारे योजना सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले घर–घर जाऔं, कांग्रेस जिताऔं अभियानबारे जानकारी गराएका हुन् । उनले सबैको काँधमा भारी, सबैको काँधमा जिम्मेवारी भन्ने नारासहित सबै नेता, कार्यकर्तालाई जिम्मेवारी दिइने पनि बताए । फागुन २९ देखि चैत २९ सम्म चल्ने अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको उनले बताए ।

प्रतिनिधिहरू बिहीबार वा शुक्रबारसम्म जिल्ला-जिल्ला पुग्ने जनाउँदै प्रवक्ता महतले २७ फागुनमा ७७ वटै जिल्ला कार्यसमिति बैठक बसेर अभियानको कार्यक्रम तयारी गर्ने बताए । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबिनै आयोजना गरिएको पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बे सहभागी थिए । बुधबार बिहान देउवाको उपस्थितिमा पत्रकार सम्मेलन गर्ने भनिए पनि अन्तत देउवा सहभागी भएनन् ।

यस्तो छ पूर्णपाठ

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति