एक महिनामै उच्च दरमा बढ्यो डण्डीको मूल्य

काठमाडौं, २५ फागुन । एक महिनामा नै बजारमा डण्डीको मूल्यमा उच्च दरमा प्रतिकिलो ३६ रुपैयाँसम्म वृद्धि भएको छ ।

गत माघमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुमगनमा डण्डीको मूल्य प्रतिकिलो ८८ रुपैयाँ थियो । तर, फागुनको तेस्रो साता सकिंदा बजारमा डण्डीको मूल्य १२४ रुपैयाँ पुगेको पाइएको छ । एक महिनाको बीचमै डण्डीको मूल्य प्रतिकिलोमै ३६ रुपैयाँले बढ्दा पनि सरकारी अनुगमन र बजार हस्तक्षेप भने शून्य छ । डण्डीको खुद्रा बिक्रेताहरुकाअनुसार डण्डी उत्पादकहरुले एक महिनाको अवधिमा हरेक दिन एक रुपैयाँका दरले मूल्य बढाइरहेको छन् । उत्पादकका कारण खुद्रामा डण्डी बिक्री गर्नै कठिन भएको राजेश हार्डवेयरले जनाएको छ । ‘उत्पादकबाट अहिले हामीले १२४ रुपैयाँमा होलसेलमा डण्डी किन्छौं, उपभोक्तालाई पुरानै मूल्यमा बिक्री गरिहरको छौं,’ हार्डवेयरका एक कर्मचारीले भने । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको बहानामा डण्डीको मूल्य उत्पादकले बढाईहको हार्डवेयरको भनाइ छ । बढ्दो मूल्यका कारण बजारमा डण्डीको बिक्री ह्वात्तै ओरोलो लागेको छ । बजारमा डण्डीको मूल्यमा केही उद्योगीले मनपरी गरिरहेको नेपाल फलामे छड उत्पादक संघका वरिष्ठ उपाध्यक्ष किरणप्रसाद साखले बताए । ‘हामीले त अहिले डण्डी उत्पादन नै गरेका छैनौं, केही समूहले सरकारसंग मिलेर जथाभावी कारोबार गरिरहेका छन्,’ साखले भने । आफूहरुको उद्योगलाई माथि उठ्न नसक्ने गरी नीति ल्याएर केही उद्योगीलाई बजारमा मोनोपोलीको अवस्था सिर्जना गरिएको पनि साखले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति