माओवादी एक्लै चुनाव लड्न सक्षम छः अध्यक्ष प्रचण्ड

काठमाडौं, २५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले माओवादीसँग विचार र एजेण्डा भएको भन्दै एक्लै चुनाव लड्न सक्षम भएको दाबी गरे । उनले काँग्रेस-एमाले एजेण्डा र विचारमा शून्य रहेको बताउँदै अहिले आफुहरुलाई अपमानित गर्ने काम भएको समेत बताए । बुधबार नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा काँग्रेस १० सिट तल हो । त्यही पाटीलाई उचालेर सिंहासनमा लगेर राखिएको छ, अहिले उसैले हामीलाई अपमानित गर्ने रु यस्तो अपमान सहन सकिन्न ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति