चीनभित्रै थप २३३ कोरोना संक्रमित भेटिए


बेइजिङ
२५ फागुन चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितहरु थप संख्यामा भेटिन थालेको बताइएको छ ।चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुकाअनुसार मंगलबार मात्र चीनमा कोरोना भाइरसका २३३ जना नयाँ संक्रमित देखिएका हुन् ।

तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । चीनको नेशनल हेल्थ कमिसनले बुधबार दिएको जानकारीअनुसार चीनमा मंगलबार मात्र २३३ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये अधिकांश चीनभित्रैका नागरिकमा पाइएको हो ।

यहाँका जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन् । पछिल्लो समयमा चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ । चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।(सिन्ह्वा)
–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति