शहीद स्मारक फुटबलः खुमलटार विजयी

काठमाडौँ, २५ फागुन । राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई १–० गोल अन्तरले पराजित गर्दैै विजयी भएको हो । खुमलटारको जितमा सविन केसी नायक बने । उनले खेलको २९औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक गोल सावित भयो । जितसँगै खुमलटारले तीन खेलबाट ६ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चर्च ब्वाईज युनाइटेड र भगवती क्लबको पनि समान ६ अङक नै छ तर गोल अन्तरका आधारमा चर्च ब्वाईज शीर्ष स्थानमा रहेको छ । त्यस्तै भगवती क्लब दोस्रो स्थानमा छ यता बासबारीको भने तीन खेलमा दोस्रो पराजय हो । बासबारीले तीन खेलमा १ अङक जोडेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति