माओवादी केन्द्रीय समितिमा प्रस्तावितमध्ये ५० जनाको नाम मात्रै अनुमोदन


काठमाडौं, २३ फागुन । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहालले ९७ जनालाई मनोनित गर्ने प्रस्ताव गरेकोमा ५० जनाको नाम मात्रै केन्द्रीय समिति बैठकबाट पारित भएको छ ।

काठमाडौंमा जारी केन्द्रीय समितिको सोमबारको बैठकमा दाहालले ९७ जनालाई केन्द्रीय समितिमा मनोनित गर्नुपर्ने प्रस्ताव गरेका थिए । त्यो सूचीमा दाहालकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यसमेत थिए ।केन्द्रीय समिति सदस्यहरूले दाहाल र आचार्यलगायत ४७ जनालाई कुन आधारमा केन्द्रीय सदस्यमा मनोनित गर्न खोजेको भन्ने प्रश्न गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । उनीहरूको विरोध भएपछि ५० जनाको नाम मात्रै पारित भएको हो ।

जसमा महाधिवेशनमा केन्द्रीय प्रतिनिधि बनेका ३७ जना, ९ जना मधेसी र ४ जना दलित समूहबाट मनोनित भएका छन् ।५० जना मनोनित भएसँगै माओवादी केन्द्रीय समिति सदस्य संख्या २ सय ९७ पुगेको छ । यसअघि २ सय ४७ सदस्यीय केन्द्रीय समिति थियो ।केन्द्रीय समितिले कार्यविभाजन प्रस्ताव पारित गरेको ती केन्द्रीय सदस्यले जानकारी दिए । पदाधिकारी भने स्थानीय तहको निर्वाचन पछि मात्रै चयन गर्ने बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति