एकै परिवारका पाँचको मृत्यु निसासिएर भएको पुष्टि

ललितपुर, २३ फागुन । ललितपुर कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका दुई महिने शिशु सहित पाँच जनाको ज्यान निसासिएर गएको पुष्टि भएको छ ।

उक्त परिवारमा बेहोस अवस्था फेला परेका २२ वर्षका सुभाष तामाङको उपचारमा संलग्न ललितपुर स्थित पाटन अस्पतालका डाक्टरका अनुसार कार्बन प्वइजिङका कारण अर्थात् कोइला बालेर सुतेकाले निसासिएर ज्यान गएको जानकारी प्राप्त भएकाे ललितपुरका प्रहरी प्रवक्ता एवम् एस.पी. सिद्धीविक्रम शाहले बताए । डाक्टरका अनुसार ज्यान जानुमा अरू कारण देखिएको छैन । गम्भीर अवस्थाका तामाङको अहिले पनि उपचार चलिरहेको छ । हिजो आइतवार बेलुका खाना खाएर सुतेका काइली स्याङ्तान, उहाँकी बुहारी शुष्मा, नाति आशिष, नातिनी आश्मा र दुई दिनको शिशुको आज सोमवार बिहान ज्यान गएको हो । प्रहरी परिसर ललितपुरका अनुसार बिहान अबेरसम्म उनीहरू नउठेपछि छिमेकी घरमा हेर्न गएका थिए । तर उनीहरू बेहोस अवस्थामा रहेको देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति