बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं, २३ फागुन । अर्घाखाँचीको मालारानीमा छात्रामाथि बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। माध्यमिक स्तरको विद्यालयमा अध्यापन गराउने २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीय विद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी उनलाई पक्राउ गरेको हो।

गत पुस १९ गते घर नजिकैको स्थानीय जंगलमा जबरजस्ती करणी गरेका ती शिक्षकले गर्भपतन समेत गराउन लगाएको प्रहरीका जाहेरीमा उल्लेख रहेको अर्घाखाँची प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए।

प्रतिवादी शिक्षकलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात अर्घाखाँची जिल्ला अदालतमा दाखिला गरिएकोमा र अदालतबाट ६ दिन म्याद थप भई कानून बमोजिम थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति