प्रिमियर लिग : म्यानचेस्टर सिटीले युनाइटेडलाई हरायो, आर्सनलसँग वाट्फोर्ड पराजित

काठमाडौं, फागुन २३ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गएराति भएको खेलमा सिटीले युनाइटेडलाई ४–१ गोल अन्तरले हराएको हो ।

सिटीलाई जिताउन केभिन डे ब्रुएन र रियाद महरेजले २र२ गोल गरे । युनाइटेडका जाडोन सान्चोले एक गोल गरे । जितसँगै शीर्षस्थानको सिटीले २८ खेलमा ६९ अङ्क जोडेको छ ।

दोस्रो स्थानमा रहेको लिभरपुलको ६३ अङ्क छ । म्यानचेस्टर युनाइटेड भने ४७ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ । यस्तै, गएराति नै भएको अर्को खेलमा आर्सनलले वाट्फोर्डलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । जितपछि आर्सनलको ४८ अङ्क भएको छ । आर्सनल अङ्क तालिकाको चौथो स्थानमा छ भने वाट्फोर्ड १९ अङ्कसहित १९औँ स्थानमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति