कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन

काठमाडौं, २२ फागुन । कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन भएको छ । ह्याम्स अस्पतालमा आइतबार साँझ बर्माको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका बर्मालाई निमोनिया भएको थियो । ९३ वर्षीय बर्माको आईसीयूमा उपचार भइरहेको थियो ।

बर्माको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ । ००७ सालको राणा विरोधी आन्दोलनमा सहभागी जनाएका बर्मा पुराना कम्युनिष्ट नेता हुन् ।पञ्चायत अन्त्य गर्ने २०४६ सालको जनआन्दोलनमा बर्मा नेतृत्वको नेकपा वाम मोर्चाका एक घटक दल सहभागी भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति