खोप र पीसीआर रिपोर्ट बिना पनि युक्रेनबाट फर्किने नेपाली आउन पाउने

काठमाण्डौं, २२ फागुन । कोभिड–१९ परीक्षण (पीसीआर) रिपोर्ट र कोभिड लगाएको खोप नभए पनि युक्रेनबाट फर्किने नेपालीलाई आउन दिने निणर्य सरकारले गरेको छ ।

त्यहाँ भइरहेको द्वन्द्वका कारण यो संभव नहुने भएकाले उनीहरुसँग दुवै रिपोर्ट नभए पनि सहजीकरण गर्न सीसीएमसीले सिफारिस गरेको हो। खोप नलगाएर र पीसीआर रिपोर्ट पनि नभएका नागरिकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै हेल्थ डेस्क स्थापना गरिने भएको छ। युक्रेनबाट फर्किने नागरिकको त्यहीँ एन्टिजेन परीक्षण गरिने र रिपोर्ट नेगेटिभ आउनेलाई घर पठाइनेछ। रिपोर्ट पोजेटिभ आएमा भने क्वारेन्टिन पठाउने सीसीएमसीको निर्णय छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति