जुवातास खेलिरहेका ५४ जना पक्राउ

काठमाडौं, २२ फागुन । काठमाडौं महानगरपालिका-१४ लुम्विनी खाजा घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार २ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । त्यस्तै ललितपुर, महालक्ष्मी नगरपालिका-४ ईमाडोल सेतीपाखास्थित एक बहादुर रानाको टहराभित्र तास खेलिरहेको अवस्थामा २४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त टहरामा तास खेलाईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८५ हजार ३ सय ३० रुपैयाँ र ८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति