आफूहरुभन्दा नेटो राष्ट्र भित्रभित्रै कमजोर रहेछन् : राष्ट्रपति जेलेन्स्की

काठमाडौँ, २१ फागुन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोको पछिल्लो निर्णयको गम्भीर निन्दा गरेका छन् । नेटोले युक्रेनको हवाइ क्षेत्रलाई ‘नो-फ्लाइ जोन’ घोषणा गर्न युक्रेनले गरेको माग अस्वीकार गरेपछि जेलेन्स्कीले निन्दा गरेका हुन् ।नेटोले नियतवश युक्रेनको आकाश प्रतिबन्धित गर्न नचाहेको र यसबाट आफूहरु भन्दा नेटो राष्ट्र भित्रभित्रै कमजोर रहेछन् भन्ने सावित भएको राष्ट्रपति जेलेन्स्कीको टिप्पणी छ ।

उनले युक्रेन यो युद्धबाट जोगिएन भने, पूरै युरोप पनि नजोगिने चेतावनी दिएको बीबीसीले जनाएको छ ।आक्रोशित मुद्रामा प्रतिक्रिया दिँदै जेलेन्स्कीले नेटोका नेताहरुको आलोचना गरे । जेलेन्स्कीले भनेका छन्, ‘आजदेखि जो कोही पनि यो युद्धका कारण मृत्यु हुनेछ, ती सबैको मृत्यु तिमीहरु (नेटो)का कारण हुनेछ ।

तिमीहरुको कमजोरी र तिमीहरुले एक्ल्याएका कारण हुनेछन् ती मृत्युहरु ।’रुसले युक्रेनमा आक्रमण गरेको आज दशौँ दिन हो । हिजो रुसले युरोपकै सबैभन्दा ठूलो भनिएको जापोरिज्यामा रहेको परमाणु केन्द्र कब्जा गरेको छ । मुख्य सहरमा आक्रमणका घटना रोकिएका छैनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति