नेष्डो समृद्ध लघुवित्तको आईपीओ आज ११ बजे बाँडफाँड हुने,यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं , फागुन २१ । नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपीओ आज ११ बजे बाँडफाँड बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले दिएको जानकारी बुधबार प्रिअलोटमेन्ट सम्पन्न गरेकोले आज आईपीओ बाँडफाँड गर्ने भएको छ ।

कम्पनीले आज शुक्रबार आइपीओको बाँडफाँड गर्ने छ । बिहान ११ बजे क्यापिटल को कार्यालयमा बाँडफाँड गरिने क्यापिटलले जनाएको छ ।

लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पुँजी २५ करोड ७० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशनमा गरेको थियो ।

जसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरमा सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको थियो ।

फागुन ११ गतेदेखि १५ गतेसम्म जारी आईपीओमा अन्तिम दिनसम्म २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७ सय कित्ता शेयरको लागि आवेदन परेको बिक्री प्रवन्धक ग्लोबल आईएमई एस क्यापिटलले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति