भ्रमबाट टाढा रहन नेपाली सेनाको आग्रह

काठमाडौँ , २१ फागुन । नेपाली सेनाले संस्थाको प्रतिष्ठा, नेतृत्वको निष्ठा र मर्यादामा गम्भीर आघात पुर्‍याउने किसिमले अनलाइन मिडियालगायतका सामाजिक सञ्जालमा हुँदै आएको अनर्गल प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रकट गरेको छ ।

सेनाले आज साँझ विज्ञप्ति जारी गर्दै नेपाली सेना जस्तो देश र जनतालाई केन्द्रबिन्दुमा राखी संविधान ऐन कानुनको परिधिभित्र बसी कानुन एवम् विधिसम्मत् चल्ने अराजनीतिक छवि भएको संस्थाप्रति भएको भ्रमबाट टाढै रहन अपिल गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्ता भ्रमबाट टाढा रहन र अरुलाई पनि टाढा राख्न लगाउनुहुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ ।’

विगत केही समययता सैनिक मूल नेतृत्व एवम् नेपाली सेनाका गतिविधिसँग सम्बन्धित फरक प्रसँग र अवसरको फोटो तथा भिजुअल क्लिप प्रयोग गरी विभिन्न संवेदनशील विषय नेपाली सेनासँग जोडी आफ्नो निहीत स्वार्थ र नियत पूरा गर्न आम जनमानसमा भ्रम छर्ने उद्देश्यले यस्ता समाचार र सन्देश प्रचार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सञ्चारमाध्यम विशेष गरी अनलाइन मिडिया तथा सामाजिक सञ्जाल (फेसबुक, टिकटक, आदि) मा नक्कली परिचय बनाइ भ्रामक एवम् कपोकल्पित समाचार एवम् सन्देश सम्प्रेषण भइरहेप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएकोछ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति