काेराेना अपडेटः थप एक सय २६ जनामा कोरोना पुष्टि, तीन सय ८५ जना निको

काठमाण्डौ, २० फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी आठ हजार नौ सय ३३ जनाको नमुना परीक्षण गर्दा एक सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८५ जना निको भएका छन् । थप एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ४५ जना पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा ३७ हजार एक सय ९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड ८५ लाख २२ हजार पाँच सय ९५ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । तीमध्ये एक करोड ७६ लाख ८१ हजार ४३ जनाले पूर्णमात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामध्ये ९० प्रतिशतले कम्तीमा पहिलो मात्रा खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board