काठमाडाै, २० फागुन । शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै नेताहरुले एमसीसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसदबाट पारित भएको बताएका हुन । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य वामदेव क्षेत्रीले व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी पास गर्नु उचित भएको बताए । उनले नेपालीहरुले अमेरिकालाई साम्राज्यवाद र भारतलाई बिस्तारवादी देख्ने कोण बदलेर अघि बढ्नुपर्ने बताएका छन् । केन्द्रिय सदस्य क्षेत्रीले पदाधिकारीको बारेमा पार्टीमा ठूलो झमेला नरहेको पनि स्पष्ट पारे ।
केन्द्रिय सदस्य क्षेत्रीले भने, ‘एमसीसीको बारेमा हामीले पहिल्यै नेकपा हुने बेलामा पनि हामी एउटा कमिटी बनाएका थियाैँ झलनाथ खनालको नेतृत्वमा । त्यसले सुझाव दिएको थियो । माओवादी पार्टीले एमसीसी संशोधन बिना यथास्थितिमा पास गर्नुहुन्न भनेर हामीले अधिवेशन पनि पास गरेको स्थिति हो । अहिले जसरी बहस उठ्यो गठबन्धन भित्र त्यसलाई हामीले धेरै कोणबाट छलफल ग¥यौं । व्याख्यांससहित भनेको अन्तर्राष्ट्रिय सन्धि, नियमानुसार, व्याख्यांशलाई स्वीकार गरेमात्र नै त्यसलाई लागू हुनसक्ने, त्यो भएन भने ३० दिनभित्रमा त्यसलाई लागू नहुनसक्ने प्रावधानलाई हामीले धेरै छलफल ग¥यौं । अहिले सदनले त्यसलाई पास गरेको छ । एकथरि साथीहरुले त्यसलाई बिरोध गरिरहनु भएको छ । नेपालीहरुको एउटा सोच कस्तो भयो भने हामी अमेरिकालाई सधैँ साम्राज्यवाद देख्ने, भारतलाई सधैँ बिस्तारवाद देख्ने कोण जो बन्यो, त्यसले गर्दा थुप्रै सम्झौताहरु विश्व बैंकका सम्झौताहरुसँग यूएनडिपीका सम्झौताहरु, जायिका, एशिया डेभलपमेण्ट बैंकका सम्झौताहरु छन् । केही न केही सम्झौता नगरी हामीले गरेका छैनौँ । अमेरिकाकै गर्न हुँदैन भन्ने पक्षमा हामी छैनौँ । त्यही रुपमा हामीले छलफल अघि बढाएका छौँ र व्याख्यात्मकसहतिको एमसीसी पारित गरेका छौँ । अमेरिकाले पनि स्वीकार गरेको छ । यो ठिक हो भन्ने लागेको छ । पदाधिकारीको बारेमा हाम्रो ठूलो अड्चन झमेला छैन ।’
त्यस्तै पार्टी केन्द्रिय सदस्य नारायण दाहालले महाधिवेशनमा एमसीसी पास नै गर्नुहुँदैन नभनेको स्पष्ट पारे । उनले संशोधनपछि एमसीसी पास गर्नसक्ने कुरा महाधिवेनले निर्णय गरेको र सोही अनुसार नै एमसीसी पास भएको दाबी गरे । केन्द्रिय सदस्य दाहालले शुरुमा आएको एमसीसीको ठोस र मूर्त रुप अहिलेको व्याख्यात्मक घोषणाले संशोधन गरेर दिएको बताए । केन्द्रिय सदस्य कुमार पौडेलले व्याख्यात्मक घोषणासहित सदनबाट पास भएको एमसीसी पार्टीको मूल्य र मान्यता बमोजिम रहेको बताए । उनले पार्टी एकता र गठबन्धनको रक्षा गर्नको लागि पनि एमसीसी पारित गर्नु व्यवहारिक भएको उल्लेख गरे । केन्द्रिय सदस्य दाहालले एमसीसी पास भएपछि पार्टीमा केही अन्तरविरोधहरु देखा परेको उल्लेख गर्दै केन्द्रिय समिति बैठकले समाधान गर्ने बताए । उनले सर्वसम्मत रुपमा पार्टी पदाधिकारीको चयन हुनुपर्ने र त्यसो नभए निर्वाचन प्रक्रियाबाट पनि पदाधिकारी चयनको प्रक्रियालाई मूर्तरुप दिनुपर्ने बताउनु भयो ।
प्रतिक्रिया