कमिसन कटौतीको विरोधमा पेट्रोलियम खरिद नगर्ने निर्णय

काठमाडौं, २० फागुन । नेपाल आयल निगमले आफूहरुले पाउँदै आएको कमिसन कटौती गरेको विरोधमा पेट्रोलियम पदार्थ खरिद नगर्ने निर्णय गरेको पेट्रोल पम्म व्यवसायीहरुको संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।

‘हाम्रो सेवा सुविधा काट्ने निर्णय भएपछि विरोध गरेका हौं, आज निगमका डिपोबाट तेल उठेको छैन,’ एसोसिएसनका एक अधिकारीले भने । बिहीबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य संरचनामार्फत प्रतिशतमा दिंदै आएको कमिसन कटौती गर्ने निर्णय गरेको थियो । व्यवसायीले घोषणा गरेरै इन्धन बिक्री रोक्ने निर्णय गरेको नेपाल आयाल निगमका प्रवक्ता विनित मणि उपाध्ययले बताएका छन् । ‘विहानैदेखि इन्धन उठाउन रोक्ने घोषणा भएको छ, निगमको डिपोबाट इन्धन उठेको छैन्,’ प्रवक्ता उपाध्ययले भने, ‘व्यवसायीको विरोधका कारण देशैभर इन्धन नउठेको जानकारी आएको छ ।’ काठमाडौं उपत्यकामा इन्धन आपूर्ति गर्ने देशकै ठूलो मध्ये एक थानकोट डिपोबाट शुक्रबार विहानैदेखि इन्धन नउठेको डिपोले जनाएको छ ।

डिपोका अधिकारी कपिल भट्टका अनुसार शुक्रबार डिपोबाट डिजेल, पेट्रोल र मटीतेलको बिक्री भएको छैन । ‘दैनिक करिब ७ लाख लिटर डिजेल र नाै लाख लिटर पेट्रोल बिक्री हुन्थ्यो तर आज एक लिटर पनि इन्धन उठेको छैन्,’ भट्टले भने, ‘यस अघि बिक्री भएको इन्धन सकिएपछि बजारमा अभाव सिर्जना हुने देखिएकाे छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति