पेट्रोलियम पदार्थमा एकैपटक ५ रुपैयाँ मूल्यवृद्वि

काठमाडौं, १९ फागुन । काठमाडौं । नेपाल आयल निगमले एकैपटक पेट्रोलियम पदार्थमा मूल्य ५ रुपैयाँले बढाएको छ । नेपाल आयल निगमको बिहीबार बसेको बैठकले बिहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको खुद्रा विक्रि मूल्यमा प्रति लिटर पाँच रुपैयाँले बढाएर काठमाडौं ९निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्र०मा प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य एक सय ५०, र एक सय ३३ रुपैयाँ कायम गरेको छ । निगमलाई एलपी ग्यासमा प्रति सिलिण्डर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा हुँदासमेत बिक्री मूल्य नबढाई अहिलेलाई पुनः यथावत नै राखिएको छ भने हवाई इन्धनमा पनि केही मूल्य समायोजन गरिएको छ ।

मूल्य समायोजनपछि पनि नेपाल–भारत सीमा क्षेत्रमा अझै पनि पेट्रोल २४ रुपैयाँ २४ पैसा र डिजेल १७ रुपैयाँ ३१ पैसा प्रति लिटरले नेपालतर्फ सस्तो नै रहेको छ । निगम संचालक समितिले मूल्य समायोजनको निर्णयसँगै निगमका स्थायी कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गर्ने, मूल्य संरचनामार्फत् प्रतिशतमा दिइँदै आएको विक्रेता कमिशन अहिलेलाई फागुन ७ गते कायम भए अनुरूप नै यथावत राख्ने निर्णय गरेको निगमका सह–प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति