सत्तारुढ गठबन्धनले थाल्यो चुनावी सहकार्यबारे छलफल : दलभित्र छलफल गरेर निर्णय

काठमाडौं, १९ फागुन । सत्तारुढ गठबन्धनले चुनावी गठबन्धनका लागि आ-आफ्ना दलभित्र छलफल गरेर निर्णय लिने भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकमा चुनावी सहकार्यका विषयमा छलफल भएको थियो ।

आ-आफ्नो दल दलमा छलफल गरेर चुनावी तालमेलका लागि गठबन्धनको बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।‘जुन कारणले हामीले गठबन्धन बनाएको थियौं। राजनीतिक स्थायित्वका लागि गठबन्धनको आवश्यकता छ ।’ प्रवक्ता कार्कीले भने,‘गठबन्धन अघि बढ्छ। चुनावी गठबन्धनका लागि आ-आफ्नो दलमा सजिलो र अप्ठ्यारा विषयमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं ।’बैठकले संसदमा महत्वपूर्ण विधेयकहरु अड्किएकाले एमालेलाई सदन अवरुद्ध नगर्न आग्रह गर्ने निर्णय पनि गरेको छ । नागरिकता विधेयक र हवाई उड्ययन विधेयक संसदमा गम्भिर छलफल गर्नुपर्ने विधेयक रहेको कार्कीले बताए ।

‘संसद प्रति नै नकरात्मक धारणा जनताप्रति बन्नसक्छ ।’ सरकारका प्रवक्ता कार्कीले भने,‘संसद बैठक अवरुद्ध नगर्न प्रमुख प्रतिपक्ष दललाई आग्रह गर्ने निर्णय गरेको छ ।’सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरिएपछि चार दलको बैठक बसेको थियो । एमसीसीमा मात्रै जनमोर्चाको फरक मत रहेकाले अन्य निर्णय प्रक्रियमा उक्त दल पनि सहभागी हुने प्रवक्ता कार्कीले दाबी गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति