पर्वतमा पहिचान तथा परिचयपत्र वितरण सुरु

९ फागुन, काठमाडौं । पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा परिचयपत्र वितरण गर्न सुरु भएको हो । गरिबीको रेखामुनि परेका परिवारहको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई परिचयपत्र वितरण गर्न थालिएको स्थानीय तहले जनाएका छन् ।

अहिले जिल्लाका सातवटै स्थानीय तहमा गणक तथा सुपरिवेक्षक परिचालन गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सो कार्य सुरु गरेको हो । गरिब परिवार पहिचान गरी उनीहरुलाई राज्यको तर्फवाट राहत प्याकेज सहयोग गर्ने उद्देश्यले तथ्याङ्क सङ्कलन गर्न थालिएकोले सही र सत्य विवरण सङ्कलन गर्नुपर्नेमा जोड दिइएको छ । यसको मूल्याङ्कन तथा अनुगमनको जिम्मा जिल्ला समन्वय समितिले पाएको छ । गाउँपालिकाको कार्ययोजना अनुसार गणक तथा सुपरिवेक्षक पाँच महिनासम्म फिल्डमा खटिएर तथ्याङ्क सङ्कलन गर्ने जिल्ला समन्वय अधिकारी सुरेश ढकालले जानकारी दिए ।

स्थानीय तहहरुले मातहतका बासिन्दालाई सही तथ्याङ्क टिपाउन आग्रह गरेका छन् । उनीहरुले जति धेरै सत्यतथ्य सूचना सङ्कलन भयो त्यतिनै धेरै राज्यलाई सहजता र प्रत्यक्ष गरिब परिवारलाई राहत पुग्ने भएकाले झुटा विवरण नदिन आग्रह गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले बताए । जिल्लाभर परिचालन हुने ४१ जना गणक तथा सुपरिवेक्षकलाई जिससले तालिमसमेत दिइसकेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board