देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं , १८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दुई नेताबीच भेटवार्ता भएको बताए । उनले भेटवार्ता नियमित भएको बताउँदै थप विषय खुलाउन चाहेनन् ।

एमालेले सभामुखलाई महाभियोग लगाउनेसम्मका चेतावनी दिइरहेको बेला देउवा र प्रचण्डबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । आजै देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच पनि भेटवार्ता भएको बालुवाटार स्रोतले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति