एमसिसी मुख्यालयद्वारा संसदबाट अनुमोदित सम्झौता स्वीकार

काठमाडौ, १८ फागुन । मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी०ले सोमबार नेपालको संसदबाट अनुमोदित ५० करोड अमेरिकी डलरबराबरको नेपाल–एमसिसी अनुदान सम्झौतालाई मंगलबार स्वीकार गरेको छ।

प्रतिनिधिसभाले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गरेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबारै टेलिफोन गर्दै खुसी व्यक्त गरेका थिए। एमसिसी मुख्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्झौता अनुमोदन गर्ने निर्णयमा नेपालले आफूलाई सधैँ एक सार्वभौम लोकतान्त्रिक मुलकुका रूपमा प्रमाणित गरेको छ।’ अनुमोदनसँगै पाँच वर्षमा परियोजना सम्पन्न हुनेतर्फ तयारीका लागि मद्दत गरेको पनि एमसिसीको भनाइ छ।

‘सम्झौता अनुमोदनले पाँचवर्षे परियोजना कार्यान्वयन गर्ने दिशामा भइरहेका काम जारी राख्न थप प्रेरित गरेको छ। परियोजनाले नेपालमा बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न सहयोग पुर्‍याउनेछ,’ एमसिसी मुख्यालयको विज्ञप्तिमा उल्लेख छ।

नेपाल सरकार र एमसिसीबीच ०७४ भदौमा हस्ताक्षर भएको थियो। विद्युत् र सडक परियोजनाले नेपालका करिब ८० प्रतिशत जनतालाई लाभ पुग्ने एमसिसीको मूल्यांकन छ। नेपाल र अमेरिकाबीच ७५ वर्षको कूटनीतिक सम्बन्ध सम्झिँदै एमसिसीले यसबीचमा नेपालमा भएका विकास सहायता, प्रकोपको उद्धार, सहायता, स्वास्थ्य र शिक्षासँग सम्बन्धित कार्यक्रममार्फत अमेरिका सरकार र जनता नेपालसँगै उभिएको जनाएको छ।

‘अमेरिकाको नेपालसँगको सम्बन्ध एउटा सम्झौताभन्दा माथि छ, हामी लोकतान्त्रिक मूल्य र दीर्घकालीन आर्थिक सम्पन्नताका लागि नेपाललाई निरन्तर सहयोग गर्नेछौँ,’ एमसिसीले भनेको छ। एमसिसी कार्यान्वयनका २० वर्षमा धेरै मुलुकमा गरिबी निवारणमा मद्दत पुगेको उसको दाबी छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति