पशुपतिमा पुल भत्किँदा दुई जना घाइते

काठमाडौँ, १८ फागुन । काठमाडौंको पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको पुलको पर्खाल भत्किएको छ । दक्षिणतर्फको पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी सुदिप गिरीले जानकारी दिए । उनका अनुसार पर्खाल भत्किँदा पानीमा खसेका मध्ये ३० वर्षीय राजन ओलीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको छ । अर्का एक घाइते चाहिँ सामान्य उपचारपछि फर्किएको उनले बताए ।

‘पुल जीर्ण छ भन्ने खबर थियो, त्यसैले त्यता नजान सचेत गराइरहेका थियौं’ उनले भने, ‘यद्यपि पुल भत्कियो, तर प्रहरी नजिकै भएकाले धेरै क्षति हुन पाएन ।’

काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार शिवरात्रीको दिन मंगलबार ७ लाख बढी दर्शनार्थी पशुपति आएको अनुमान गरिएको छ । पशुपतिमा उछृंखल गतिविधि गर्ने केहीलाई नियन्त्रणमा पनि लिइएको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति