यो सरकार बन्नै नदिन खोज्या हो, ढाल्न खोज्नु नयाँ कुरा भयो र – अध्यक्ष ओली

काठमाडौं, १७ फागुन । शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बन्नै नदिन खोजेको तर नसकेको पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ओलीले वर्तमान सरकार ढल्नैपर्ने प नि धारणा राखेका छन् ।

काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रधानमन्त्री देउवा नेतृत्वको सरकार ढाल्नै खोजेको र ढल्नैपर्ने बताए । ुएमालेले गठबन्धन ढाल्न खोज्यो, गठबन्धन स्वीकारेन, गठबन्धन मन पराएन भन्नु नयाँ कुरा होइन । यो असंवैधानिक, परमादेशी सरकार हो,ु उनले भने, ुयो सरकार बन्नै नदिन खोज्या हो, ढाल्न खोज्नु नयाँ कुरा भयो र रु बन्नै नदिन खोजेको हो ।संविधान उल्लंघन गरेर वर्तमान सरकार गठन गरिएको ओलीको भनाइ थियो । उनले देउवाको नेतृत्वमा सरकार हुनु संविधानको लागि उल्लंघन भएको आरोप लगाए ।

कांग्रेससँग पछिल्लो समय भएका छलफलमा आफ्ना अडान स्पष्ट राखेको पनि उनको भनाइ थियो । हामीले नेपाली कांग्रेससँग हाम्रा अडान छोड्छौं भनेका थिएनौं । लोकतन्त्रका आधारभूत प्रश्न, मूल्य, मान्यता, प्रणाली र संविधानको रक्षाका लागि मूलभूत रूपमा सहमति, समझदारीका साथ जाउँ भनेका हौं । लोकतन्त्रका लागि बलिदान गरेका एमाले र कांग्रेसबीच समझदारी हुनुपर्छ भनेका हौं । त्यो सदैव भनेका थियौं र अहिले पनि विश्वस्त छौं ।ओलीले ताजा जनादेशमा जानुपर्ने पनि धारणा राखेका छन् । उनले वर्तमान सरकार २०७४ सालको निर्वाचनको जनादेशविपरीत भएको दोहोर्‍याए । मुलुकमा अर्थतन्त्र, सुरक्षा व्यवस्था ठीक नभएको उनको आरोप थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति