एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन

काठमाडौं, १५ फागुन । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधि सभाले ‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन गरेको छ ।
सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बुहमतले निर्णय गरेको हो । एमालेले प्रतिनिधि सभा विरोधै क्रममा अनुमोदन गरेको हो ।

व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालकै संविधान सर्वोपरि हुने लगायतका विषय छन् ।एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने विषयमा व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने सहमतिले सत्तारुढ गठबन्धन टुट्नबाट जोगिएको छ ।

त्यसलाई कतिपयले पार्टीभित्रैबाट भैरहेको चर्को बिरोधबाट नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल ‘फेस सेभिङ’ रुपमा रहेको व्याख्या गरेका छन् ।व्याख्यात्मक टिप्पणीमा प्रमुख विषयहरु अहिले एमसीसी अनुमोदन गर्न नहुने पक्षले उठाउँदै आएको प्रमुख विषयहरुलाई सम्बोधन गर्ने कोसिस गरिएको छ । आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति