संसदले गरेको व्याख्यात्मक घोषणा एमसीसीले स्वीकार गर्छ ? – देव गुरुङ

काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणालाई मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्वीकार गर्छ कि गर्दैन भन्ने प्रश्न गरेका छन् ।मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे संसदमा सुरु भएको छलफलमा भाग लिँदै गुरुङले एमसीसीमा नेपालको सर्वभौम अधिकार खण्डित हुने प्रावधानहरू रहेको बताए ।

सुरुमा भएको सहमति विपरित संसदबाट अनुमोदन गर्नुपर्ने प्रवधान राख्दा समस्या आएको भन्दै उनले भने, एउटा परियोजनाका लागि मुलुकको सर्वभौम अधिकार नै खण्डित हुने, नेपालको सविधान नै निश्क्रिय हुने, एमसीसीका कानुनहरू लागू हुने प्रकारका प्रावधानहरू छन् ।’

अमेरिकी अधिकारीहरूले सैन्य रणनीतिसँग जोडिएको बताएकाले पनि यो संशोधन नगरी नहुने उनले बताए । छलफलका क्रममा चार दलबीच संशोधनलाई आकर्षित गर्ने घोषणा तयार भएको सुनेको भन्दै उनले भने, ‘सामान्यता यो सम्झौतामा संशोधन वा विरोधको सूचना दिने प्रक्रिया देखिँदैन ।

तर, राजनीतिक दलहरूले सहमति गरेर सरकारले योयो कुरा संशोधन हुनुपर्छ भनेर ल्याउँछ भने सकारात्मक हुनसक्छ ।’द्वीपक्षित सम्झौता भएकाले नेपालको संसदले गरेको घोषणा एमसीसीले मान्छ कि मान्दैन भन्ने प्रश्न रहेको उनले बताए । माओवादी प्रमुख सचेतक गुरुङले भने, ‘एमसीसीलाई स्वीकार्य हुन्छ भने हामीले गरेको घोषणा सकारात्मक हुन्छ ।’उनले दलहरूबीच भएको सहमति र त्यसअनुसारको घोषणा संसदमा ल्याउन माग गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति