सत्तारुढ गठबन्धनको बैठक : एमसीसी संसदबाट आजै पारित गर्ने निर्णय

काठमाडौं, १५ फागुन । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमसीसीबारे व्याख्यात्मक प्रस्ताव पारित गर्दै संसदबाट निर्णय गरेको छ ।बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले व्याख्यात्मक प्रस्ताव पारित गर्दै एमसीसी आजकै संसदबाट पारित गर्ने निर्णय गरेको जानकारी दिए ।

एमसीसीमा देखिएका शंकास्पद बुँदाहरुमा संशोधनका लागि प्रस्ताव पारित गर्दै एमसीसी पास गर्न सत्ता गठबन्धन दलबीच सहमति भएको पनि पौडेलले जानकारी दिए ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धन दलका शीर्ष नेता बैठकमा सहभागी थिए ।

आजै बिहान बसेको माओवादी केन्द्रको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति