संसद बैठक आज बस्दै, एमसीसीबारे छलफल

काठमाडौं, १५ फागुन । टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफलका लागि आज संसद बैठक बस्दैछ ।दलहरुबीच सहमति नभएपछि शुक्रबारका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

शुक्रबार बैठक शुरु हुनु अघिनै सुचना टाँसेर बैठक स्थगित भएको थियो ।सरकार जसरी पनि एमसीसी संसदबाट पारित गर्न लागि परेको छ भने सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छ । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे विवाद छ ।

तर नेपाली कांग्रेसले सत्ता गठबन्धत तोडेर प्रमुख विपक्षी नेकपा एमालेका माग सम्बोधन गर्ने दिशामा पहल अघि बढाएपछि नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसीसी अनुमोदनमा सघाउने वचन दिएका छन् ।यसबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ लिन खोजेका छन् । एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राखिरहेको छ ।

नेपाली कांग्रेसले हालको सत्तागठबन्धनको औचित्य सकिएको निष्कर्ष निकालिसकेको छ । माओवादी केन्द्र र नेकपा एसका कार्यकर्ता एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति