बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल हुँदै

काठमाडौं, १४ फागुन । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुँदैछ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शनिबार साँझ छलफल हुन लागेको हो ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनका यी तीन दलबीच विवाद छ । कांग्रेस जसरी पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधनविना पारित हुन नहुने पक्षमा छन् ।यही विषयलाई लिएर सत्तारुढ गठबन्धन टुट्ने सम्भावनासमेत बढेका बेला तीन नेता छलफलमा जुटेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति