काठमाडौं, १४ फागुन– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालले आफ्नो भुराजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै युक्रेनको घटनाबाट शिक्ष लिनुपर्ने बताएका छन् ।
यस प्रकरणमा अमेरिकाले युक्रेनको छिमेकी रुसबिरुद्ध युक्रेनलाई प्रयोग गर्न खोज्दा र युक्रेन त्यो भूमिकाको निम्ति तयार हुँदा आजको यो आक्रमण, युद्ध र अस्तित्व विसर्जनको दुःखद घटना उत्पन्न भएको बताउदै नेता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्– ‘ रुसले युक्रेनमाथि गरेको आक्रमण र अतिक्रमणको हामी तीव्र भर्त्सना गर्दछौँ । युक्रेनको राष्ट्रिय सार्वभौमिकता,भौगोलिक अखण्डता र आत्मनिर्णयको सम्मान गर्न र आक्रमण अन्त्य गरी युक्रेनबाट फिर्ता हुन रुससँग माग गर्दछौँ । सार्वभौमिक समानता र विश्व शान्तिको पक्षमा उभिन सबैसँग अपिल गर्दछौँ ।’
प्रतिक्रिया