एमसीसीका कारण गठबन्धन टुट्ने स्थिती रोक्नुछ – अध्यक्ष प्रचण्ड

काठमाडौं, १४ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाका कारण गठबन्धन टुट्ने स्थिती बनेको र यसलाई रोक्नुपर्ने बताएका छन् ।

जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यथास्थितीमा एमसीसी अघि बढ्न नसक्ने कुरा उठाउदै आएको बताए । ‘संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न गठबन्धन बनेको थियो त्यसपछि सरकारको साझा न्यूनतम कार्यक्रम बनिसकेपछि पनि एमसीसीको कुनै चर्चा थिएन ।’, अहिले एमसीसीको पनि समाधान खोज्ने र गठबन्धन पनि जोगाउने पक्षमा रहेको प्रचण्डको भनाई छ ।

जनयुद्ध, जनआन्दोलन र लामो संघर्ष पश्चात् देशमा प्राप्त संघिय गणतन्त्रमाथि घात गर्ने प्रवृत्ति अहिले भएको उनले बताएका छन् । अब कुनै पनि प्रतिक्रान्तीकारी गठबन्धन अगाडि नबढोस् र अहिलेको गठबन्ध्न सजिलै नटुटोस् प्रचण्डले बताएका छन् ।

शहीद रम्तेललाई स्मरण गर्दै उनले विगतमा दलितले बन्दुक उठाएर शाषण चलाउन खोजेको वखत राज्यले जुन विभेद ग¥यो, सायैं वर्षदेखि दलितमाथि विभेद भएको र यसका लागि विशेषाधिकारको नीति माओवादीले लिएको उनले बताएका छन् । र, अहिले पनि लामो संघर्ष पश्चात् प्राप्त उपलब्धिको रक्षाका लागि रक्तपातहिन युद्ध चलिरहेको कुरा पार्टी पंक्तिले बुझ्नुपर्ने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति