सबैको सहमतिमा एमसीसी अनुमोदन गरौं – प्रधानमन्त्री देउवा

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलमा देउवाले अधिकतम सहमतिबाट एमसीसी अनुमोदनमा जोड दिएका थिए ।
तर एमाले अध्यक्ष ओलीले पुरानै अडान राखेका छन् । अहिलेको अवस्थामा संसदमा आएर आफ्नो धारणा राख्ने वातावरण नभएको उनले बताएको छलफलमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति