काेराेना अपडेटः थप दुई सय ७५ कोरोना सङ्क्रमित, पाँच सय ५५ जना निको

काठमाण्डौ, १३ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय २८ जनाको नमुना परीक्षण गर्दा दुई सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै थप पाँच सय ५५ जना निको भएका छन् । यो सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५५ हजार चार सय ५८ जना पुगेको छ । यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएको र यो सहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ३२ जना पुगेको छ । अहिले नेपालमा नौ हजार दुई सय ८० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख २२ हजार चार सय ९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति