पूर्वनिर्धारित कार्यक्रम छाडेर आजै किन काठमाडौं फर्किए माधव नेपाल ? यस्तो छ कारण

काठमाडौं, १३ फागुन । पार्टीका विभिन्न कार्यक्रमका लागि कैलाली पुगेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौं आएका छन् ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच सहमति हुने करिब निश्चित भएपछि माधव नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौं आएका हुन् ।सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको टेलिफोन संवादपछि नेपाल काठमाडौं आउन लागेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।नेपालसँगै नेकपा एसका नेता एवम् पर्यटनमन्त्री प्रेम आले र नेतृ गरिमा शाह पनि गएका थिए ।उनीहरु हिजो धनगढीमा आयोजित युवा संघ र महिला संघको कार्यक्रममा सहभागी थिए ।

आज माधव नेपाल पार्टीको बुद्धिजिवी परिषद्को कार्यक्रममा प्रमुख अतिथि हुने कार्यक्रम तय थियो ।कांग्रेसले गठबन्धनको औचित्य सकिएको निष्कर्ष निकालिरहँदा माधव नेपाल भने अझै गठबन्धन तोडिनु नहुने लाइनमा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति