एमाले अध्यक्ष ओली केही बेरमा पोखरा जाँदै

काठमाडौं, १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा जान लागेका छन्। पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज बिहान साढे १० बजे पोखरा जाने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ। ‘उहाँ साढे १० बजे पोखरा गएर आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ’, ओलीका प्रेस संयोजक रामशरण बजगाईँले भने, ‘पोखराको एउटा कार्यक्रममा सहभागी भएर अध्यक्ष आजै काठमाडौ फर्किने कार्यक्रम छ।’विभिन्न पार्टी परित्याग गरेर ठूलै संख्यामा नेता, कार्यकर्ता आउने भएपछि उनीहरूलाई स्वागत गर्न अध्यक्ष ओली आफैं पोखरा जान लागेका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति