ओली र प्रचण्डबीचको छलफल सकारात्मक, ‘विगतको समीक्षा भयो’

काठमाडौं, १२ फागुन ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफल सकिएको छ ।

नयाँ बानेश्वरमा आज बिहीवार बेलुकी भएको छलफल सकारात्मक भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए । लामो समयपछि दुई नेताबीच दुई पार्टीका शीर्ष नेताहरूसहित सकारात्मक छलफल भएको नेम्वाङको भनाइ छ । ‘विगतमा भएका घटनाका समीक्षाका रूपमा केही कुरा आएका छन् ।

छलफल सकारात्मक भयो । संसद्को गतिरोधका विषयमा र विगतका विषयमा समीक्षा भयो । धेरै समयपछि यो तहमा गम्भीर रूपमा छलफल भयो, यो खुसीको कुरा हो’, नेम्वाङले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति