ओली र नेपालसँग चिनियाँ नेताको सम्वाद

काठमाडौं, १२ फागुन । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सम्वाद गरेका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे चर्को बहस भइरहेका बेला सीपीसीका विदेश विभाग प्रमुख सङ ताओले एमाले अध्यक्ष ओली र विदेश विभाग उपप्रमुख चेन झाओले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भिडियो सम्वाद गरेका छन् । भिडियो सम्वादका क्रममा नेपाल चीन सम्बन्धबारे कुराकानी भएको चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले जनाएको छ ।सम्वादका क्रममा सीपीसीका अधिकारीहरुले नेपाली जनताले आफ्नो विकासको बाटो आफैं तय गर्ने कुरामा चीनको सधैं साथ रहने बताएका छन् ।

साथै बेल्ट एण्ड रोडले दुई देशको सहकार्य अझ बलियो हुने विश्वास व्यक्त गरेको सीपीसीको विदेश विभागले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति