छ करोड ठगेको आरोपमा सहकारीका दुईजना पक्राउ

काठमाण्डौ, ११ फागुन । निक्षेपकर्ताको ६ करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको आरोपमा काठमाण्डौको भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका दुई जना सञ्चालक पक्राउ परेका छन् ।

पुरानो बानेश्वरमा रहेको भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा निक्षेपकर्ताले जम्मा गरेको ६ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सञ्चालक समितिका अध्यक्ष काठमाण्डौका सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई पक्राउ गरेको हो । उनीहरूले निक्षेपकर्ताको बचत रकम झिकेर आफैँ चलाएका थिए । निक्षेपकर्ताले रकम माग्दा उनीहरूले सहकारीमै ताला लगाएर भागेका प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति